Innocence

" आमा बुइ गर न "
तिम्रा हात समाएर टुकुटुकु हिँड्दा मेरा स्याना खुट्टा खुत्रुक्कै हुन्थे नि
मेरो झोला बोकिदिएर बरु जसरी नि तिमी हिँड्नै पर्छ लु हिँड भन्थेउ,
मलाई लाग्थ्यो तिमीलाई त मेरा गोडाको माया नै लाग्दैन रहेछ,
तर मेरो हात कहिले पनि छोडथिनौ ।
अहिले मेरा झोला म आँफैले बोक्न सक्ने भएकी छु,
बुइ चढ्न पर्दैन, आँफै हिँड्न सक्ने भएकी छु,
तर पनि तिम्रै हात, तिम्रै साथको खाँचो छ,
कहिले आउँ? छुट्टी मिलाउन साह्रो छ,
तिम्रा काख र मेरा बात
यिनैको मिलनलाई हतारो छ ।